www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा भिरकोटमा पोखरा मणिपालको नि:शुल्क स्वास्थ्य शिविर

पोखरा
ताण्डव न्यूज ।

पोखरा मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्याङ्जाको भिरकोट नगरपालिकास्थित बयलघारीमा साेमबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

संत निरंकारी मण्डल नेपाल, बयलघारी शाखाको स्थानीय व्यवस्थामा आयोजित शिविरबाट २ सय ९० जना लाभान्वित भए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित शिविरमा २२३ जनाको आँखा र ६७ जनाको स्त्री रोग सम्बन्धी परिक्षणका साथै निशुल्क ओषधीसमेत वितरण गरिएको थियो ।

Batas

शिविरको उद्घाटन गर्दै भिरकोट नगपालिका प्रमुख गोविन्द कुमार कर्माचार्यले शिविर आयोजना गरेकोमा अस्पताललाई धन्यवाद दिए । सामान्यदेखि जटिल रोगका उपचारमा मणिपालले अब्बल भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले आगामी दिनहरुमा पनि यस प्रकारका थप सामाजिक कार्यहरुलाई अघि बढाउन सुझाए । नगर प्रमुख कर्माचार्यले भने,‘गण्डकी प्रदेशमा मात्रै नभएर देशमै मणिपालले स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका अतुलनिय छ । सामाजिक कार्यहरुमा पनि अझ सहभागिता विस्तार गर्दै जानुहुनेछ भन्ने अपेक्षा राख्दछु । शिविर आयोजना गरिदिनुभएको धेरै धेरै धन्यवाद ।’

पोखरा मणिपालका तर्फबाट बोल्दै कृष्णमोहन श्रेष्ठले सामाजप्रतिको उत्तरदायित्वमा संस्था अनवरत अघि बढ्ने बताए । कोभिड महामारीका कारण केही समय यस प्रकारका कार्यक्रमहरु स्थगित भएपनि आगामी दिनमा थप सशक्त सामाजिक कार्यहरु आयोजना गरिने जनाए । ‘हामीले पहिले पनि शिविर लगायतका कार्यक्रमहरु गर्दै आएका हौँ । कोभिडपछि स्थगित गर्नुपर्यो । अब पुनः सुचारु गर्दै छौँ । यसले निरन्तरता पाउने छ,’उनले भने,‘ सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई प्रदेशभरी लैजाने योजनासहित अघि बढेका छौँ ।’

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.