www.tandavnews.com
Fact ~ In search of truth

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

काठमाडौँ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उनले विज्ञान र प्रविधिको विकासमा जोड दिए। “वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन”, प्रधानमन्त्री दाहालले भने ।

वर्तमान युग विज्ञान र प्रविधिको युग भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भइसकेको चर्चा गर्दै उनले बताए । उनले भने,“अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।”

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री दाहालले विद्यमान ऐन कानुनको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

Batas

उक्त केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर हुनेगरी नेपालको निर्माण गर्न सकिने अनुभव सुनाउँदै प्रमुख पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए। छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति थियो ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.