www.tandavnews.com
Fact ~ In search of truth

बाजुरामा एक महिनामा पुनः भूकम्प

बाजुरा।
बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ । गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो ।

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ । माघ १० गते मङ्गलबार दिउँसो ५ दशमलव ९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको भूकम्पमापक केन्द्र सुर्खेतको भनाइ रहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन् ।

Batas

भूकम्पबाट प्रभावित भएका बाजुराका पीडितहरुको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि यहाँका स्थानीय थप प्रभावित भएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.