www.tandavnews.com
Fact ~ In search of truth

सिंहदबार प्रवेशका लागि फोटो र अवधिसहितको पास वितरणको तयारी

काठमाडौँ।

सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ । पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा बसेको बैठकले कम्प्युटर प्रणालीमा आधारित फोटो र अवधिसहितको पास वितरण गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिएको बताइएको छ । उक्त बैठकले सिंहदरबारको पश्चिम प्रवेशद्वारबाहेक अन्य प्रवेशद्वारबाट कर्मचारीलाई प्रवेश गर्न र बाहिर जाने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको जनाइएको छ ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.