www.tandavnews.com
Fact ~ In search of truth

अन्नपुर्ण बाल तथा महिला हस्पिटल मा नि:शुल्क स्वास्थ शिबिर

पाेखरा ।
अन्नपूर्ण बाल तथा महिला हस्पिटलमा एक दिने नि;शुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । शिबिर संचालनमा पोखरा कै एक मात्र डी.एम नवजात शिशु तथा बालरोग बिशेसज्ञ डा.राजन पौडेल, बालरोग बिशेसज्ञ डा.बिधान घिमिरेले सेवा दिएका थिए। उक्त स्वास्थ्य शिविरमा ज्ञान गङ्गा एकेडेमी,पोखरा-१४ का ६५ जना बालबालिका,१८ जना सर्ब-साधरण गरि ८३ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य जाँच गर्ने क्रममा ज्ञान गङ्गा एकेडेमीका प्रध्यानाध्यापक शिला थापाले अन्नपूर्ण बाल तथा महिला अस्पताल लाई धन्यबाद व्यक्त गरे। यसरि बालबालिका लाई नि;शुल्क स्वास्थ्य चेकजाँच गरिदिदा आफ्ना अभिभाबक सचेत रहन्छन,साथै आफ्ना नानिबाबुको केहि समस्या भएमा अभिभाबक  बेलैमा सचेत रहेनुहुनेछ भन्ने अपेक्षा गर्दै अस्पताल परिवार प्रति आभारी रहेको बताए।

सोहि सिबिर संचालन गर्ने क्रम मै अन्नपुर्ण बाल तथा महिला अस्पतालका निर्देशक सन्तोष पाण्डेले अन्नपुर्ण बाल तथा महिला हस्पिटल छिटो, छरितो र गुणस्तरीय सेवा दिन प्रतिबद्धता रहेको जानकारी गराउदै  पोखरा कै एक मात्र डी.एम नवजात शिशु तथा बालरोग बिशेसज्ञ डा.राजन पौडेल सेवा प्रदान गरेका थिए । उनले आगामी दिनमा विद्यालयसंग सहकार्य गरि विद्यालयका बालबालिका २०% छुटका सेवा दिने जानकारी गराए। आगामी दिनमा सामाजिक सेवा मा समर्पित रहेने प्रतिबद्दता समेत ब्यक्त गरे। सोहि सिबिर संचालन गर्ने क्रममा ज्ञान गङ्गा एकेडेमीका शिक्षक शिब गौतम,मैनी महर्जन, कल्पना गुरुङ, लक्ष्मी केसी तथा बालबालिकाका  अभिभाबकहरूको उपस्थिति रहेकाे थियाे।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.