www.tandavnews.com
Fact ~ In search of truth

अपराध अनुसन्धान कार्य सुधार गोष्ठी सम्पन्न

पोखरा ।

प्रहरीले गर्ने अपराध अनुसन्धान लाई त्रुटि रहित बनाई अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका विषयमा छलफल गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराको संयुक्त आयोजनामा “अपराध अनुसन्धान कार्य सुधार गोष्ठी-२०७९” सम्पन्न भएको छ ।

गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो ।  कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले गोष्ठीमा गरीने अपराध अनुसन्धान सम्बन्धी अनुभव आदान प्रदानले अनुसन्धानकर्ताहरुमा थप सतर्कताका साथै दक्षताको बिकास गरी अनुसन्धानमा प्रभावकारीता बढ्ने विश्वास व्यक्त गरे ।

Batas

प्रहरी नायव महानिरीक्षक गुरुङले अपराध अनुसन्धान प्रभावकारी र पारदर्शी भएमा अपराध नियन्त्रणको उपाय समेत पत्ता लगाउन सकिने बताउदै सानो वा ठुलो जुनसुकै अपराध अनुसन्धान सिङगो प्रहरी सङगठनको छवि सगँ सम्बन्धित हुने भएकोले अनुसन्धानकर्ताले त्रुटि रहित अनुसन्धान गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत अपराध अनुसन्धान गर्ने सम्पुर्ण प्रहरी कार्यालयका अनुसन्धानकर्ताहरुको सहभगिता रहेको उक्त गोष्ठिमा अपराध अनुसन्धान प्रक्रिया अन्तर्गत पर्ने घटनाको प्रारम्भिक अनुसन्धान, हिरासत व्यवस्थापन, सबुद संकलन तथा परीक्षण, अनुसन्धानात्मक सोधपुछ, प्रतिवादी पहिचान-खोजि र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, फैसला कार्यान्वयन, साक्षी परीक्षण, पक्राउ पुर्जी, म्याद तामेली, विशेष प्रकारका अपराधहरुको विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन, अपराध अनुसन्धान प्रतिवेदन तयारका क्रममा हुनसक्ने त्रुटिहरु र सुधारका विषयहरुमा छलफल गरीएको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले सञ्चालन गरेकाे उक्त गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय,पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शनप्रसाद कोईरालाले गण्डकी प्रदेशको समग्र अपराधको तथ्याङक र अपराध अनुसन्धानमा देखिएका त्रुटिहरुको विषयमा प्रस्तुतिकरण गरेका थिए ।

गोष्ठीको अन्त्यमा सहभागी सबैले छलफलबाट प्राप्त निष्कर्ष अक्षरंश पालना गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.