www.tandavnews.com
Fact ~ In search of truth

कोरोना सङ्क्रमणबाट थप १ जनाको निधन, १ सय २१ सङ्क्रमित थपिए

काठमाडौं ।
कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो ।

मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन्।

यसैगरी काठमाडौं उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।

Batas

हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.