www.tandavnews.com
Fact ~ In search of truth

मणिपालमा नर्सहरुलाई २ दिने आधारभूत तालिम

पोखरा ।
पोखरा महानगरपालिका–११ फूलवारीमा रहेको मणिपाल शिक्षण अस्पतालले नर्सहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । नर्सहरुको कार्य क्षमता अभिवृद्धिका गर्न तालिमको आयोजना गरिएको हो ।

तालिमको शुभारम्भ कार्यक्रममा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष प्रोफेसर डाक्टर सुवास प्रसाद आचार्य, नेपालिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा. सबिन कोइरला, मणिपाल अस्पतालका निर्देशक डा. अभिष्यक मास्केलागाएतले तालिमले नर्सहरुमा कार्य क्षमता अभिवृद्धि हुने बताएका थिए ।

तालिममा डाक्टरहरु रोसनि राना, स्वयता मर्हजन, प्रभा गौतम, निसा भण्डारी,अस्मिता खनि, कविता सिट्टैला लगाएतले प्रशिक्षण दिनेछन् ।
तालिममा मणिपालमा कार्यरत नर्सहरु र अन्य अस्पतालका नर्सहरु गरि ४२ जनाको सहभागिता रहेको छ ।
शुक्रबारदेखि शुरु भएको तालिम शनिबारसम्म चल्ने छ ।

 

 

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.