www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

काठमाडौँ।
सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त सदस्यहरूमध्ये पौडेल र विछाले शुक्रवार शपथ ग्रहण गरिसक्नुभएको छ भने बुढाथोकी काठमाडौँबाहिर रहनुभएकाले शपथ ग्रहण बाँकी छ । सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा‍‍. मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।

थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.