www.tandavnews.com
Fact ~ In search of truth

ग्राहकको रोजाइमा ‘पुन्टु कलेक्सन’

पोखरा
ताण्डव न्युज ।
बच्चाहरुको लागि गुणस्तरीय सामाग्रीहरु बिक्री थालेको ‘पुन्टु कलेक्सन’ सुरुवातको चरणमै लोकप्रिय बन्दै छ । नैकाप काठमाडौंमा रहेको कलेक्सनले वालबच्चाहरुका लागि गुणस्तरीय सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ ।

कलेक्सन स्थापना भएको एक वर्षमा हजारौ ग्राहक बनाउन सफल भएको छ । कलेक्सनबाट बच्चाहरुलाई आवश्यक पर्ने सामानहरु अनलाइनमार्फत अडर लिइ ग्राहकहरुको घर दैलोमा समयमै पु¥याउने व्यवस्था रहेको पुन्टु कलेक्सनका सञ्चालक मञ्जु पौडेल घिमिरेले बताइन् । उनका अनुसार कलेक्सनमा सबै प्रकारका बच्चाहरुको ,साइज रङ तथा अन्य कुनै समस्या भएको खण्डमा गुनासो सुन्ने तथा सामानहरु साट्ने सुविधा समेत उपलव्ध गराउँदै आएको छ ।

उनले हाल ‘पुन्टु कलेक्सन’ फेसबुक पेजबाट पनि अर्डर गर्ने ग्राहक रहेको सुनाइन् । ‘अहिले बच्चाहरुको लागि कपडा र अति आवश्यक सामानहरु, खेलौनाहरु बिक्री गर्दै आएका छौं । निकटक भविष्यमा यसको दायरा फराकिलो बनाउने सोंच छ,’ उनले भनिन् ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.