www.tandavnews.com
Fact ~ In search of truth

पूर्व मुख्यमन्त्री अधिकारीद्धारा निर्वाचन खर्च सार्वजनिक

पाेखरा।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । अधिकारीले प्रदेशसभा ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगको निर्वाचन आचार संहिता बमोजिम खर्च विवरण सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको विवरण अनुसार मतदाता नामावली खरिदमा १८ हजार , प्रचार सामाग्रीमा १ लाख ५२ हजार २ सय ४०, गोष्ठि तथा अन्तक्रियामा २ लाख ३० हजार २ सय ८८ ,छापा/विद्युतीय/सामाजिक सञ्जालमा २ लाख २६ हजार ३५ दशमलव ७४, कार्यालय/ प्रतिनिधि ब्यवस्थापनमा २ लाख ७३ हजार ९ सय ८०, सवारी साधन/इन्धनमा ६ लाख ६४ हजार २ दशमलव ३१, ढुवानीमा ६० हजार र अन्य ६ हजार गरि कूल १६ लाख ७१ हजार ५ सय ४६ दशमलव ५ खर्च भएको छ ।

अधिकारी गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्य कास्की क्षेत्र नं १(क) बाट उम्मेदवार भइ मुख्यमन्त्री बनेका थिए ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.