www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ।
यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ ।

चितवन-२ बाट निर्वाचित रवि लामिछाने, बारा–२ बाट निर्वाचित उपेन्द्र यादव, तथा तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज बिहान ११:३० बजे शपथग्रहण हुने तयारी गरिएको छ ।

निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनाका साथै सांसदको लोगो वितरण गर्ने कार्यक्रम तय भएको छ ।

Batas

गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका छन्।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.