www.tandavnews.com
Fact ~ In search of truth

११ औं संस्करण सम्पादित गोर्खा आर्मी भर्ती तयारी कक्षाको पाठ्यपुस्तक सार्वजनिक

पोखरा।
सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टरले गोर्खा आर्मी भर्ती तयारी कक्षाको परिमार्जित पाठ्यपुस्तक प्रकाशन गरी सार्वजनिक गरेको छ । ११ औं संस्करणको सम्पादित पुस्तक शनिबार (आज) पोखरामा एक कार्यक्रम गरि सार्वजनिक गरेको हो ।

अध्यक्ष राहुल पाण्डेले भर्ती प्रक्रियामा पनि बिचौलिया प्रथा देखेर त्यसको विरुद्ध २००९ मा आफुले भर्ती केन्द्रको स्थापना गरेको बताए । सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा. लि. ले शत्-प्रतिशत आफ्ना विद्यार्थीहरुलाई आवश्यकता अनुसारको पूर्वाधारहरु प्रदान गर्दै आइरहेको हुनाले निरन्तर प्रशिक्षार्थीको तयारीमा कमि हुन नदिन पाठ्यपुस्तकको सम्पादन, फिजिकल तयारी लगायतका कुरामा संस्थाले सम्झौता नगरेको र आगामी दिनमा पनि नगर्ने बताए ।

प्रमुख अतिथी ब्रिटिस आर्मिका प्रमुख सेनानी जोन पि. क्रसले १० जना अरु देशका सैनिक जनशक्ति बराबर एक नेपाली हुने गरेको बताए । ब्रिटिस आर्मीमा साहास, हिम्मत, बहादुरी र अनुशासन संगै विवेककी पनि हुनुपर्ने बताए ।

Batas

नेपाल फिजिकल ट्रनिङ सेन्टर संघका अध्यक्ष अधिवक्ता मीन बहादुर गुरुङले प्रकाशित पुस्तकको पाठ्यसामग्री राम्रा र नयाँ शैलिको रहेको बताए । साथै आईक्युको क्षेत्र समेट्नु पर्ने बताए । पुस्तकमा अंग्रेजी, गणित, ब्रीटिस र सिंगापुरको परिचय, इतिहास, भर्ती छनोटको विधि प्रक्रिया, १५२ सेट प्रश्न र नमूना प्रश्न समेटिएको सेन्टरका प्रशिक्षक हेम रानाभाटले बताए । सेन्टरका फिजिकल ट्रेनिङको प्रमुख अमृत गुरुङले पहिलो जित्ने आधार आत्मबल भएको भन्दै सेन्टरका प्रशिक्षार्थीलाई समय खेर नफाली सेकेन्ड सेकेन्डलाइ तयारीमा सदुपयोग गर्न बताए।

२००९ मा पोखरामा स्थापना भएको यस ट्रेनिङ्ग सेन्टरका शाखाहरु काठमाडौ, ललितपुर, सुर्खेत, दाङ, बुटवल, चितावन र धरानमा सन्चालनमा छन । स्थापनाकाल देखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिङ्गापुर पुलिस, इन्डियन आर्मी, नेपाल आर्मी लगाएत बिभिन्न देशहरुमा गोर्खा सैनिक भर्ती गराउन सफल संस्था हो ।

सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा. लि. सन् २०२२-२०२३ को एसियाको बेस्ट गोर्खा भर्ती तथा प्रशिक्षण एकेडेमी अवार्ड र २०२२-२०२३ को एसियाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र अवार्डबाट सम्मानित संस्था हो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.