www.tandavnews.com
Fact ~ In search of truth

दलको नेतामा सभापति लामिछानेलाई चयन गर्न संसदीय दललाई निर्देशन दिने रास्वपाको निर्णय

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने भएको छ ।

पार्टी कार्यालय बसुन्धारामा आज बसेको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेतामा पुनः सभापति लामिछानेलाई चयन गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए।

यसअघि संसदीय दलको नेता रहनुभएका उपसभापति डोलप्रसाद अर्याल (डिपी अर्याल)ले पदबाट राजीनामा दिएपछि लामिछानेलाई पुनः दलको नेता चयन गर्न निर्देशन दिएको पनि प्रवक्ता डा.ढकालले जानकारी दिए।

Batas

पार्टीको आजै बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा छलफल भए पनि आगामी शुक्रबार बस्ने पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले ठोस निर्णय गर्ने पनि प्रवक्ता ढकालले जानकारी दिए।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.