www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा सिङ्गुस खाँदा छ जना बिरामी

मनाङ ।

हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा छ जना बिरामी परेका छन् । मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने छ जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् ।

गोर्खाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोर्खाका वनबहादुर आले बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिङ्गुस खाएका सात जनालाई लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । “सिङ्गुस खाएर रातिदेखि मुटु, छाती र सबै जीउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारको लागि लमजुङ अस्पताल पठाइएको छ”, प्रनाउ भण्डारीले भने ।

Batas

उनका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन् । सिङ्गुस खाएका ३५ देखि ४८ उमेर समूहको रहेको उनले बताए ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.