www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीकाे बधाई सन्देश

काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन्।

आज सम्पन्न फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसिया कपमा छनौट भएसँगै खेलाडीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट खेलाडीलाई बधाई दिँदै देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे।

Batas

‘एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले लेखेका छन्।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.