www.tandavnews.com
Fact ~ In search of truth

एसोएस बहिनीमा लक्जम्बरका अर्थमन्त्री

पोखरा।
लक्जम्बरकाका अर्थ तथा विकास मन्त्री फ्रांन्च फायोतले दिदी बहिनी बचाउ, कास्की नेपाल (एसोएस, बहिनी) को भ्रमण गरेका छन् । उनीसहित लक्जमबर्गबाट नेपालको राजदुत पेगी फ्रान्टजेन, ह्युमातरियन कोओपोरेसनको लक्जमबर्गको अध्यक्ष फ्रांन्सो प्रुम र सचिव पिट कासेयरसहितको टोलीले बुधबार एसोएस बहिनीको भ्रमण गरेका हुन् ।

उनीहरुले एसोएस, बहिनीले स्वागत तथा सम्मान गरेको छ । संस्थाकी अध्यक्ष कृष्णकुमारी पहारीले मन्त्री र राजदुतलाई ढाका टोपी र संस्थाकै बालिकाहरुले कोरेर पेन्टिंग प्रदान गरिएको थियो । संस्थाकी आश्रित बालिकाहरुले नृत्य, मन्तव्य तथा कराते प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बालिका रसिला कार्की र स्नेहा धितालले गरेका थिए ।

मन्त्री फायोतले संस्था भ्रमण गर्न पाउँदा खुशी, र एकदमै राम्रोसंग व्यवस्था गरेको देख्दा खुशी व्यक्त गरे । संस्थालाई गरेको योगदानलाई कदर गर्दै सम्मान गरिएको एसोएस बहिनीकी अध्यक्ष पहारीले बताइन् । ‘उहाँले हाम्रो संस्थालाई सहयोग गरिरहनु भएको थियो । हेर्न आउनुभएको थियो, उहाँलाई योगदानको कदर गर्दै हामीले सम्मान गरेका हौं,’ उनले भनिन्, ‘उहाँहरुले हामीले सञ्चालन गरेको कार्यक्रम, तालिम केन्द्रहरु हेर्नुभयो ।’

Batas

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य, सामाजिक विकास महाशाखाको बाल कल्याण अधिकारी बिष्णुमाया पौडेल, केन्द्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले सहभागी थिए ।

२०६१ सालदेखि देखि बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले समुदायमा एकल महिलालाई रासन दिने, बालबालिका पढाई दिने, गरिबी भएका बालिकालाई शैक्षिक सहयोग गर्दै आइरहेको छ । अहिले ८५ जना बालिका र २० वटा एकल महिलाको परिवारलाई रासन दिदैँ आइरहेको छ । बुबाआमा नभएको, भएकोकाको पनि संरक्षण नभएको नानीहरुको क्षेत्रमा काम गर्दै आएको छ ।

उक्त सस्था महिलाहरुले सञ्चालन गरिरहेका छन् । संस्थाले समुदायमा २० परिवारलाई सहयोग र समुदायको ५० बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिरहेका छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.