www.tandavnews.com
Fact ~ In search of truth

चैतसम्म ९ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ 
चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रू नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो ।

गत चैत सम्ममा नेपालले प्राप्त गरेको विप्रेषण अमेरिकी डलर ६ अर्ब ९२ करोड बराबर हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह वृद्धिदर १३ दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

Batas

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१ दशमलव ५ प्रतिशतले बढेर ३ तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा पाँच दशमलव पाँच प्रतिशतले बढेर दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९९ दशमलव ९ प्रतिशतले बढेको थियो ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.