www.tandavnews.com
Fact ~ In search of truth

बुहारी ग्रुपको नेतृत्वमा क्यान्सर पीडित अरुणाालाई ३६ हजार आर्थिक सहयोग

पर्वत।
नाकको क्यान्सरबाट पीडित कुश्मा नगरपालिका ३ की अरुणा नेपालीलाई विभिन्न संस्थाको सक्रियतामा आर्थिक सहयोग गरिएको छ । बुधबार कुश्मामा एक कार्यक्रमका बिच पीडितलाई ३६ हजार रुपौया क्यान्सर पीडित नेपालीको आफन्त अन्जली बोहोरालाई हस्तान्तरण गरिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिइन् ।

बुहारी ग्रुपअफ नेपाल, इनरह्लील क्लब अफ पर्वत, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान पर्वतको सक्रियतामा रकम संकलन गरिएको हो । नेपालको आर्थिक अवस्था कम्जोर भएकाले उपचारमा समस्या देखा परेपछि आफूहरु विभिन्न सदस्य र नागरीकबाट रकम संकलन गरि केहि भए पनि विरामीको पीडामा सहयोग पुगोस भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको इनरह्लील क्लब अफ पर्वतका अध्यक्ष खिम माया पाइजा गिरीले बताइन् ।

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.