www.tandavnews.com
Fact ~ In search of truth

दमौलीमा दुर्घटना, २ जनाको मृत्यु

दमौली,
ताण्डव न्यूज

तनहुँमा आज ‍‌(साेमबार) बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै जनाको मृत्यु भएको हो ।

उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा आठ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।  मृतकको परिवारलाई सहयोग

Batas

सवारी दुर्घटनामा ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–१ साजबोटेका ज्ञानबहादुर तामाङको परिवारलाई प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले रु १० हजार सहयोग गरेका छन ।

सांसद श्रेष्ठले तामाङकी श्रीमतीलाई सो सहयोग हस्तान्तरण गरे । उनले तामाङको परिवार र उनका छोराछोरीलाई शिक्षादिक्षा तथा जीविकोपार्जनका लागिसमेत सहयोग गर्ने आश्वासन दिए। (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.