
पोखरा ।
काठमाडौं गोठाटार बस्ने ४० वर्षीय दिपक जमकटेल बैशाख ९ गतेदेखि परिवारबाट सम्पर्कबिहीन छन् । उनी पोखराबाट हराएको परिवारजनले बताएको छ ।
गहुँगोरो वर्णको( हल्का कालो) उचाई अन्दाजी ५ फिट ४ इन्च, कपाल अगाडि पट्टी पातलो (तालुखुइलेको जस्तो) भएको मोटो शरीर भइ हल्का पेट लागेको, बेला बखत एक्लै बोल्ने तथा मुस्कुराउने, हराउँदाको बखत खैरो रङको हाप टिसर्ट, निलो ट्राउजर तथा चप्पल लगाएको अवस्थामा हराएको उनका भाइ दामोदर जमकटेलले बताए ।

उनको खोजी कार्यमा सहयोग गरिदिनको लागि वा भेट्ने महानुभावले प्रहरी कार्यालयमा बुझाई दिन समेत परिवारले आग्रह गरेका छन् । परिवारजनले फेला पार्ने महानुभावलाई पुरस्कार स्वरुप ५ लाख दिने घोषणा समेत गरेका छन् ।
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.