www.tandavnews.com
Fact ~ In search of truth

मनिपाल एक्सप्रेसन कार्यक्रम जुलाई २२ देखि

पोखरा ।

मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम –२०२३’ गर्न लागेको छ । एक्सप्रेसन कार्यक्रम जुलाई २२ बाट हुन लागेको कार्यक्रम कोर्डिनेटर डा. राहुल गोइतले बताए ।

उनले कोभिडले ग्रसित भएको मुहारमा यस्ता कार्यक्रमले उर्जा थप्ने बताए । उनले कार्यक्रममा विभिन्न विधा अन्तर्गतमा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, बादविवाद प्रतियोगिता लगायत गतिविधिहरु समावेश गरिने जानकारी दिए ।

Batas

अस्पतालका निर्देशक डा. अभिषेक मास्केले दैनिकी काममा व्यस्त डाक्टरहरुलाई यो कार्यक्रमले जोड्न सफल हुने बताए । उनले कलिला मस्तिष्क र वालापन पछाडि छोडेका मनहरु एकिकृत गर्न एक्सप्रेसनबाट सफल हुने आशा पलाएको बताए ।

अस्पतालका सिइओ अनिल ओडुविलले मनिपाल शिक्षण अस्पतालले हरेक वर्ष जस्तै यस वर्षपनि कार्यक्रमलाई निरन्तरता दिन लागेको जानकारी दिए । कोभिडको कारण केही असहज भएपनि अब फेरी पुराना कार्यक्रमलाई सुचारु गर्न लागिएको उनले बताए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.