www.tandavnews.com
Fact ~ In search of truth

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच सिकिस्त

बैतडी ।

जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् ।

स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनीहरुलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकी लगिएकामा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Batas

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.