www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा ९ विद्यार्थी पक्राउः रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई बन्धक बनाएको आरोप

चितवन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्दक बनाएकाले साँझ विद्यार्थीलाई नियन्त्रणमा लिइएको बताए ।

Batas

उनीहरुले दिनभर धर्ना बसेर पदाधिकारीका गाडीसमेत चलाउन नदिएका कारण प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । बन्धक बनाइएका पदाधिकारीलाई उनीहरुको सवारीसाधनमा घर पठाइएको उनले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा अनेरास्ववियुका विश्वविद्यालयका एकाइ अध्यक्ष हेमराज कठायत, भास्करसिंह ठकुरी, सन्तोष खतिवडा, केशवराज काफ्ले, अबित रेग्मी, झलक जोशी, दर्शन अधिकारी, बामदेव रेग्मी, सुमन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विश्वविद्यालयले सम्बन्धन दिएका निजी क्याम्पससहितले भर्ना खोलेपछि विद्यार्थी र प्राध्यापक आन्दोलित हुँदै आएका छन् । उनीहरुले विश्वविद्यालयमा लगाएको ताला बिहीबार बिहान प्रहरीले तोडेको थियो ।रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.