www.tandavnews.com
Fact ~ In search of truth

नदीमा हाम फालीन १७ वर्षीया मेनुका

पर्वत ।

कालीगण्डकी नदीमा हाम फालेर पर्वतकी एक किशोरी बेपत्ता भएकी छिन् ।

दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार हिजो बिहान हाम फालेर बेपत्ता भएकी हुन् । पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माइली छोरी मेनुका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नदीमा हाम फालेर बेपत्ता भएकी मेनुकाको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बेपत्ता किशोरीको खोजीकार्य भइरहेको जानकारी दिए ।
बेपत्ता किशोरीको खोजी कार्यका लागि पर्वत र गुल्मीबाट प्रहरी परिचालन भइरहेको छ । उनी किन हाम फालेकी हुन् वा पुलबाट खसेकी हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.