पोखरा,
ताण्डव न्यूज ।
पोखरा न्यूरोडमा रहेको भाटभटेनी सुपरमार्केटको माथिल्लो तल्लामा मंसिर २८ गतेदेखि स्काइ स्र्पाेटस् सञ्चालनमा आउने भएको छ ।
रेष्टुरेन्ट सहितको फुटसल, कार्डियो लगायत खेलकुदको माध्यमबाट स्काइ स्पोर्टस् सञ्चालनमा आउने लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
स्काइ स्र्पोटस्का अध्यक्ष सुजन गुरुङले स्काइ स्पोर्टस्मा आउने ग्राहकहरुलाई मध्येनजर गर्दै खानासंगै फुटसल, लन टेनिस, जुम्बा, कार्डियो, साउना, स्टिम, ज्याक्यूजी, पुलसंगै भर्चुअल रियालिटि प्ले स्टेशनको सेवा सुविधा एउटै छानामुनी उपलब्ध गराएको बताए ।
‘सायद यो नेपालमै पहिलो कन्सेप्ट हो,’ गुरुङले भने, ‘हामिले हाइजेनिक फूडसंगै रेष्टुरेन्ट, बार र क्याफेलाई पनि संगै सञ्चालनमा ल्याएका छौ ।’
त्यस्तै गरी ग्राहकहरुको सेवा सुविधालाई ध्यान गदै रेष्टुरेन्टको लागि विशेष कार्डको समेत व्यवस्था गरिएको छ । सिल्भर, गोल्ड र प्लाटिनम गरि तीनवटा कार्ड र सोहि अनुसारको सुविधाको प्याकेज बनाएका स्काइ स्र्पोटस्को सिइओ सुदिप दवाडिले जानकारी दिए ।
मंसिर २८, २९, १ गते उद्घाटन अवधी राखिएको स्काइ स्र्पोटस्म्म आउनका लागि लिफ्टको समेत व्यवस्था गरिएको आयोजकले जनाए । ५ करोड भन्दा धेरै लगानी रहेको स्काई स्र्पोटस्को उद्घाटन गण्डकी प्रदेशका प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजकले सुनाए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.