www.tandavnews.com
Fact ~ In search of truth

पोखरा जगदम्बा ट्राभल्सले सुरु गर्यो बागलुङ–काठमाडौँ बस सेवा

बागलुङ ।

पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको छ । वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ ।

बीस सिट क्षमताको बस आजदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ । यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

“बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ”, उनले भने, “यात्रुको सन्तुष्टी र सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ”, धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो ।बागलुङ–काठमाडौँ भाडादर १५ सय रुपैयाँ तोकिएको छ ।

जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ । अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सकिने व्यवस्था रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.