www.tandavnews.com
Fact ~ In search of truth

मल्टिमोडलमा स्वागत तथा मोटिभेसन कार्यक्रम

पोखरा ।

पोखरा मल्टिमोडल क्याम्पसमा स्वागत तथा मोटिभेसन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता पोखरा मल्टिमोडल प्रा.लि.का लिलाधर बरालले गरेका  थिए ।

वि.वि.एस प्रथम वर्षका विद्यार्थीहरुलाई अविर, फुल र खादाले स्वागत गरिएको थियोे । यस क्याम्पसका प्रध्यापक नगेन्द्र भण्डारी र पूर्व विद्यार्थी एवम युवा वैज्ञानिक विकल्प ढुङ्गानाले मल्टिमिडिया मार्फत मोटिभेसनका लागि मन्तव्य प्रस्तुत गरेका  थिए ।

उक्त अवसरमा प्राध्यापक भण्डारीले विद्यार्थीले आफ्नो लक्ष्य तयार गरेर सोही लक्ष्य अनुसार योजना कार्यन्वयन गरि आफ्नो मार्गदर्शन तयार पार्न विद्यार्थीलाई प्रोत्साहित गरेका  थिए । युवा वैज्ञानिक ढुङ्गानाले जिवनको मार्गदशनमा विभिन्न अवरोधहरु खडा हुन सक्छन र प्रत्येक अवरोधको सामाना गर्न विभिन्न विकल्पको खोजि गर्नुपर्ने बताए । उक्त अवसरमा कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम भएको थियो ।

सोही कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी स्वागत मन्तव्य प्रदान गर्दै विद्यार्थीहरुले आफ्नो जिवनमा बैकल्पिक लक्ष्य निर्माण गदै अगाडि बढनु पर्ने विचार व्यक्त गरेका थिए । कार्यक्रमको संञ्चालन सोही क्याम्पसका प्राध्यापक धुर्व शर्माले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.