पाेखरा
ताण्डव न्यूज ।
वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन सोमवार विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ।
पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा घोषणा गर्ने सम्भावना रहेको उनीनिकट स्रोतले बतायो। राजीनामा दिनेबारे अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरिरहेका छन्। निकै सम्भावना बाेकेका नेताकाे रूपमा हेरिएका मन्त्री अधिकारी एकाएक विवादमा तानिएका हुन ।
भोलि नै ११ बजे सार्वजनिक लेखा समिति बैठक रहेको र सो बैठकमा मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी छ। मन्त्री अधिकारी भने उत्त बैठक अगावै राजीनामा गर्ने तरखरमा छन् । यध्यपी प्रधानमन्त्री केपी अाेलीले ठाेस निर्णय नदिएकाे कारण अधिकारी अलमलमा छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.