पोखरा ।
वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले पोखरा महानगरपालिकाको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापनालाई तिव्रता दिएको छ ।
समितिले शुक्रबार पोखरा महानगरपालिका वडा नम्वर २६ र ३२ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ । पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले दुवै वडामा मेलमिलाप केन्द्रको उद्घाटन गरिन् ।
वडा नम्वर २६ को मेलमिलाप केन्द्रको उद्घाटन उद्घाटनपछि बोल्दै न्यायिक समिति संयोजक गुरुङले मेलमिलापकर्ताले मेलमिलापको उद्देश्य र भावना अनुसार काम गर्नुपर्नेमा जोड दिइन् ।
उनले मेलमिलापमार्फत विवाद समाधान गर्दा वडामा शान्ति स्थापना हुने बताइन् ।उनले मेलमिलापक केन्द्र स्थापना पहिल्यै हुनुपर्ने भएपनि ऐन, कानुन निर्माण र भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने दायित्व स्थानीय तहकै भएकाले केही ढिला भएको र पछिल्लो सयम न्यायिक समितिलाई गति प्रदान गरेको बताइन् ।
न्यायिक समितिका सदस्य किशोर बरालले विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले संविधानले न्यायिक समितिको ब्यवस्था गरेको बताउदै संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार विवादको निरुपण गर्नुपर्नेमा जोड दिए ।
उनले न्यायिक समितिका कार्यक्षेत्र, मेलमिलापकर्ताको भुमिका लगायतका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले विवादको समाधान गर्दा मेलमिलापकर्ताले राजनीतिक आग्रह पूर्वाग्रह र भेदभाव गर्न नहुने बताए ।
उनले राजनीतिक आस्थामा आधारमा पूर्वाग्रही भएर निर्णय गर्नु नहुने बताउदै गरिव धनि र उचनीच भनेर भेदभाव नगर्न मेलमिलापकर्तालाई आग्रह समेत गरे ।
वडा नम्वर २६ का अध्यक्ष नारायणप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता विनिमाधव अधिकारी, न्यायिक समितिका उजुरी प्रशासक राममणी अधिकारी लगायतले बोलेका थिए । वडा नम्वर २६ मा ६ जना मेलमिलापकर्ता रहेका छन् ।
यस्तै वडा नम्वर ३२ मा पनि मेलमिलापक केन्द्र स्थापना गरिएको छ । वडा नम्वर ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङ, न्यायिक समिति सदस्य पार्वती कार्की, वडा सदस्य सुनमाया नेपाली, मेलमिलापकर्ता पदमराज तिवारी लगायतले न्यायिक समिति र मेलमिलाप केन्द्रका बारेमा बोलेका थिए ।
कार्यक्रममा दुवै वडाका मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङले हस्तान्तरण गरिन् । न्यायिक समितिले यसअघि वडा नम्वर ७, १३, २१, ३०, माा मेलमिलाप केन्द्र स्थापना गरिसकेको र आइतबार वडा नम्वर २९ मा केन्द्र स्थापना गर्ने न्यायिक समिति सदस्य पार्वती कार्कीले जानकारी दिइन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.