पोखरा ,
ताण्डव न्यूज ।
ओखलढुङगाका कुख्यात फरार मानव तस्कर लोप्साङ तामाङ नयाँ दिल्लीमा पक्राउ परेका छन् ।
नेपाली युवतीलाई अवैध रुपमा खाडी मुलुक पुर्याई बेचबिखन गर्दै आइरहेका तामाङलाई दिल्ली प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । भारतमा रहेको एक बौद्ध गुम्बामा प्रार्थना गरेर फर्किरहेको सुचना पाएपछि प्रहरीले चारैतिरबाट उनलाई घेरा हालेर आत्मसमर्पण गर्न आग्रह गर्दा उनी यमुना नदीमा हाम फालेर भाग्न खोजेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
दिल्लीको वजिराबादमा बस्दैँ आएका लामालाई प्रहरी टोलीले फलो गरिरेहेको थाहा पाएपछि उनी यमुना नदीमा हाम फालेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
प्रहरीले नदीमै हाम फालेर उनलाई पानी भित्रैबाट पक्राउ गरेको हो ।
दिल्ली प्रहरीले नेपाली राहदानीबाहक लामालाइ पक्राउ गर्नेका लागि एक लाख भारतीय रूपैयाँ पुरस्कार घोषणा समेत गरेको थियो।दलालमार्फत नेपाली युवती भारत पुर्याउने र उनीहरूलाई भारतका विभिन्न सहरहरुबाट खाडी र अफ्रिका पठाउने कार्यमा लामा संलग्न थिए। लामाको गिरफ्तारीले मानव तस्करीको एउटा ठूलो गिरोहको पर्दाफास हुने अनुमान गरिएको छ। (एजेन्सी मार्फत)
तस्बिर :गुगलबाट
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.