पोखरा ।
यूके बाट सहारा क्लब द्वारा संचालित १७ औं आहा ! रारा फुटबलका लागि आएका सहारा यूके लगाएत यूके बाट आएका अन्य सहयोगीहरुले शनिबार दोविल्ला स्थित सहारा एकेडेमीको निरिक्षण भ्रमण गरेका छन ।
सो अवसरमा सहारा यूकेका नव निर्वाचित अध्यक्ष कुमार गुरुङले सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीमा उद्धेश्य परिपुर्तीका लागि अगाडी बढीरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा समेत सहयोगका हातहरु अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दै भनेका छन–“आगामी दिनमा समेत सहाराको अक्षय कोष २ करोडको लक्ष्य पुर्याउन सहयोग जुटाउने प्रयासहरु जारी रहनेछ ।”
कार्यक्रममा तमु धी जापानका अध्यक्ष भक्त गुरुङले नेपालमा पहिलो पटक सुव्यवस्थित र नमुना एकेडेमी संचालन भएको देख्न पाउँदा निकै खुसी लागेको बताउँदै जापान बाट समेत एकेडेमीका लागि सहयोग जुटाउन आफूले पहल गर्ने बताए ।
सहारा एकेडेमी भ्रमणका लागि पुगेका गिनिज बुक्स अफ वल्र्ड रेकर्ड किर्तिमानधारी धावक ले.कुशाङ गुरुङले अक्टोबर २०१९ मा यूकेमा आयोजना हुने च्यारिटी म्याराथनमा सहारा एकेडेमीका लागिे अक्षयकोष जुटाउन सक्दो पहल गरिने जानकारी दिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.