पाेखरा
ताण्डव न्यूज
ताप्लेजुङकाे पहाडमा हेलीकाेप्टर ठाेक्कीएर अन्य सात जनासँगै ज्यान गुमाएका पाेखरेली नेता तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीकाे अन्तिम दाहसंस्कार पाेखरामै गरिने भएकाे छ । अन्त्यष्टि भने शुक्रबार पाेखराकाे रामघाटमा गरिने पारिवारिक स्राेतले बतायाे ।
बिहीबार टिचिङ काठमाडाैँमा पाेस्टमार्टम पछि नेकपाको केन्द्रीय कार्यालयमा रबिन्द्रकाे शवमाथि पार्टीको झण्डा ओढाउने कार्यक्रम छ । त्यसपछि खुला मञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने निर्णय गरिसकेकाे छ । गृहकाे जानकारी अनुसार कार्यकर्तासँगै शुभचिन्तका लागि काठमाडाैँ राखेर अधिकारीकाे शव पाेखरामा ल्याइनेछ ।
बिहिबार समय भएसम्म बिहिबार नै उनकाे शव पाेखरा ल्याउने तयारी भएकाे नेकपा स्राेतले जनायाे । पाेखरा ल्याएसँगै उनकाे शव दर्शनी केन्द्र, सभागृह वा रंगशाला मध्ये एक ठाउँमा श्रद्धाञ्जलीका लागि राखिने नेकपाले बताएकाे छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.