www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा ट्रकको ठक्करबाट २५ वर्षीया युवतीको मृत्यु

दमौली।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नं को स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर दिँदा भण्डारी घाइते भएका थिए ।

उनको दमौली अस्पतालमा उपचारको क्रममा बिहान ११ः२५ मा मृत्यु भएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । भण्डारी म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी हुन् । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.