पोखरा,
ताण्डव न्यूज ।
पोखरा लेखनाथमा बाघको आक्रमणबाट दुई घाईते भएका छन् ।
लेखनाथ शिशुवाका टिका लिम्बु र राधिका आचार्य बाघको आक्रमणबाट घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अहिले उनीहरुको उपचार पछि डिस्चार्ज भएको छ भने अवस्था सामान्य रहेको बताईएको छ ।
आक्रमण गर्ने बाघलाई वन कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीले खोजी गरिरहेको प्रहरीले जनाएकाे छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.