पोखरा ,
ताण्डव न्यूज ।
भारतीय लोकसभा निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट जारी रहेको छ ।
मतगणना देशभर एकसाथ सुरु भएको जनाइएको छ भने प्रारम्भिक नतिजा पनि बाहिरिन थालेको छ । प्रारम्भिक नतिजा अनुसार सत्तारुढ गठबन्धन एनडीए अगाडि देखिएको छ । एनडीएलाई प्रमुख विपक्षी दल कांग्रेस सहितको गठबन्धन यूपीएले पछ्याइरहेको छ ।
भारतीय तल्लो सदन लोकसभाको कुल ५ सय ४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थिया । गत चैत २८ गतेबाट सुरु भएको मतदान गत आइतबार सकिएको थियो । चुनावमा १ हजार २ सय ७९ उम्मेद्धवार रहेका छन् । १४ करोड २० लाख ५४ हजार ९ सय ७८ मतदाताले मतदान गरेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ । एजेन्सी
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.