एजेन्सी ।
फ्लाइटमा निदाएका कारण टिफानी एडम्स नाम गरेकी एक महिलालाई एअर क्यानडाको जहाजभित्रै थुनिनु पर्यो। दुई साताअघि भएको घटना सुनाउँदै उनले भनिन्, ‘क्युवेकबाट टोरन्टोका लागि उँड्दै गर्दा जब म ब्युँझिएँ, जहाजमा कोही पनि थिएन।
असाध्यै चिसो थियो, मैले आँफुलाई सिटबेल्ट बाँधिएकै अवस्थामा पाएँ। जहाज एअरपोर्टमा पार्क गरिएको अवस्थामा थियो।’ घटनायता आँफूलाई राम्ररी निन्द्रा नपरेको भन्दै उनले त्यो एक्लो रातको आतंकले पछ्याउन नछाडेको बताइन्। टिफानीले फेसबुकमा लेखेकी छिन्, ‘म ब्युँझिदा मध्यरात भइसकेको थियो। जहाज ल्याण्ड भएको एकाध घण्टापछि ब्युँझेकी थिएँ। जहाजभित्र मुटु कमाउने जाडो र निष्पट्ट अँध्यारो थियो। मेरा लागि निकै डरलाग्दो अनुभव थियो।’
ब्युँझेपछी उनले साथी डिएनालाई फोन गरिन्, फोनको ब्याट्री सकिन लागेकाले हतार हतार स्थितिको वर्णन गर्दै सहयोग मागिन्। डिएनाले एअर क्यानडामा सम्पर्क गरेपछि बल्ल जहाजका कर्मचारी टिफानीलाई खोज्दै आए। ‘मेरो त होसहवास उँडिसकेको थियो, टिफानीले भनिन्, टर्च बाल्दै कोही खोज्न आएपछि बल्ल होस फर्कियो।’ एअर क्यानडाले टिफानीसँग माफी माग्दै घटनाको छानविन भइरहेको जनाएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.