www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा मन्त्री मण्डल परिवर्तन गरौँ : सांसद विन्दु थापा

पोखरा,

ताण्डव न्यूज ।

गण्डकी प्रदेशसभाका प्रदेश सभा सदस्य विन्दु कुमार थापाले गण्डकी सरकारमा मन्त्री मण्डल फेरबदल गर्नुपर्ने बताएका छन् ।

Batas

‘नेपालको केन्द्र सरकारमा मन्त्री मण्डल हेरफेरको हावा ब्यापक रुपमा चलेको छ । मन्त्री मण्डल हेरफेरको लागि नेकपाका दुईवटा अध्यक्ष बीच सहमति भइसकेको सुनिन्छ ।

अब हामी हाम्रो गण्डकी प्रदेशमा पनि मन्त्री मण्डल हेरफेरको अभ्यासको थालनी गर्ने होकी ?’ कास्कीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद थापाले रविन्द्र अधिकारीको क्षेत्रको चुनाबलाई लक्षित गर्दै बजेट ल्याइएको आरोप लगाए ।

बिहीबार संसदमा विनियोजन विधेयक २०७६/७७ माथिको छलफल अन्तर्गत मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को शीर्षकमा बोल्दै सांसद थापाले यस्तो आरोप लगाएका हुन् ।

‘बजेट पक्षपातपूर्ण छ र खराब मनोभावनाले ग्रसित भएर आएको छ,’ उनले भने, ‘बजेट चुनाबमुखी र पार्टीमुखी छ । कात्तिक निर्वाचन क्षेत्र नम्बर २ मा सम्भवत आउँदो कात्तिकसम्ममा उपनिर्वाचन हुँदैछ ।

त्यसैलाई केन्द्रभागमा राखेर यो नीति तथा कार्यक्रम आएको छ ।’ सांसद थापाले सरकारले सत्तापक्षी र विपक्षी सांसदबिच भेदभावपूर्ण ब्यवहार गर्ने गरेको पनि बताए ।

‘सत्तापक्षका माननीय ज्यूहरुलाई उहाँहरुले मागेको योजनाहरु र मैले मागेको योजना हेर्यौ भने कतिसम्म तलझरेर अन्यायपूर्ण तरिकाले काख र पाख गरिएको भन्ने त्यो सत्तापक्षको आँखाबाट देखिँदैन ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.