www.tandavnews.com
Fact ~ In search of truth

सांसद दवाडीले गराए गण्डकी सरकारको ध्यानाकर्षण

पोखरा ।
आइतबार गण्डकी प्रदेश सभामा विशेष समय लिएर सांसद प्रकाशचन्द्र दवाडीले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले केहिदिन अघि गोरखाको भूसुण्डे खोला र दरौँदी नदीको बाढीले भुसुण्डे फाँटमा धानखेतीमा ठुलो नोक्सान पु¥र्याएको र क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिन पनि आग्रह गरे ।
त्यस्तै उनले पालुंटारको वडा नम्बर ३ र १० मा रहेको १५ घरधुरीको दलित बस्ती पहिरोले उच्च जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले यस्ता पिडित जनतालाई सरकारको कुन निकायले राहतको ब्यवस्था गर्ने हो भन्दै सरकारलाई प्रश्न समेत गरे ।
सांसद दवाडीले गोरखा नगरपालिकाको वडा नम्बर ११, ४ र ६ मा भूकम्प पिडितले बनाएको घर पहिरोको उच्च जोखिममा रहेको समेत संसदमा जानकारी गराए । त्यस्तै सुलिकोट गाउँपालिका वडा ६ ताकुमा एकनारायण भट्टको घरमा भ्वान परेको बस्न नमिल्ने भएको उनले बताए । एकनारायण भट्टको यस अघि नै मृत्यु भएको र उनकी श्रीमतीको विचल्ली भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए । उनले सोही ठाउँका रामेश्वर भट्ट, पुरुषोत्तम भट्ट लगायतको १५ घरमा पनि जोखिम बढेको र ती घरहरु तत्कालै स्थानान्तरण गर्नु पर्ने अबस्था रहेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.