www.tandavnews.com
Fact ~ In search of truth

भारतद्धारा कश्मीर घटनाबारे नेपाल सरकारलाई ‘ब्रिफिङ’

काठमाडौं ।

भारत सरकारले कश्मिर घटनाबारे नेपाल सरकारलाई काठमाडौं र नयाँ दिल्लीमा औपचारिक जानकारी दिएको छ ।काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् ।

त्यसैगरी नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्रालयमा बोलाएर परराष्ट्र सचिवले घटनाबारे जानकारी गराएका हुन् ।

कुनै घटना हुँदा छिमेकीलाई जानकारी गराउनु सामान्य कूटनीतिक परम्परा रहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन्।भारतको संविधानमै जम्मु(कस्मिरलाई दिएको विशेष अधिकार हटाउने निर्णय नरेन्द्र मोदीको सरकारले गरेको छ।

सो निर्णय गरेदेखि नै कस्मिरमा टेलिफोन र इन्टरनेट काटिएका छन् भने कस्मिर सहरभरी कर्फ्यु जारी गरिएको छ।सुरक्षाकर्मीले माइकबाट मानिसलाई घर बाहिर ननिस्कन चेतावनी दिएका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.