www.tandavnews.com
Fact ~ In search of truth

के हो आयुर्वेद ?

कृष्णबहादुर राउत
(A.A.H.W)
उपाध्यक्ष, नेपाल आयुर्वेद व्यवसायी संघ

आयुर्वेदको उत्पत्ति ब्रह्माबाट सुरु भई दक्षप्रजापति, अस्विनी कुमार (द्धय) इन्द्र दिवोबास, धनवन्तरी, भारद्धाज, सुश्रुत, चरक हुँदै आजको एककाइसौं शताब्दीमा आइपुगेको छ ।

परिभाषा

Batas

आयू अर्थात जीवनको रक्षा, संरक्षण र सम्वद्र्धन सम्बन्धी ज्ञानको बोध गराउने शास्त्रलाई आर्यूवेद भनिन्छ । जसबाट आयू –जीवन) को ज्ञान हुन्छ । जहाँ आयूको विचार तथा ज्ञान प्राप्ती हुन्छ, त्यो नै आयुर्वेद हो ।

‘हिताहितं सुखम् दुःखमायुस्तस्य हिताहितम् ।
मानं च तच्च यत्रोक्तमार्युरवेद सउच्चयत्ते ।।’

आयूका चार प्रकार हितायू, अहितायू, सुखायू, दुःखायूको मान र स्वरुपको वर्णन वा अध्ययन गर्ने शास्त्रनै आर्यूवेद हो । सामान्य भाषामा भन्नुपर्दा हाम्रो शरिर स्वस्थ बनाउन अपनाइने विधि, तरिका वा ज्ञानलाई आयुर्वेद भनिन्छ । स्वस्थ शरिर भनेको :

‘समदोषः समाग्निश्च समधातुमलक्रियः ।
प्रसन्नात्मेद्रिय मनः स्वस्थ इत्यभिधियते ।।’

अर्थात दोष (बात,पित्त, कफ), अग्नी (भुताग्नी, धातु अग्नी र जठाराग्नी), धातु र मल समवस्था हुनु, मन आत्म र इन्द्रिय प्रसन्न रहनु नै स्वस्थ शरिरको लक्षण हो ।

आर्यूवेदको मुख्य प्रयोजन :

आयुर्वेदलाई हामी जडिबुटीको औषधी भनेर बुझ्दछौ, जान्दछौं तर आयुर्वेदको प्रयोजन भने फरक छ । ‘स्वस्थस्य स्वाथ्य रक्षणम, आतुरस्य विकार प्रशमनं च ।’ अर्थात स्वस्थ व्यक्तिको खानपान रहनसहन, व्यायम, सकरात्मक सोचको माध्यमबाट स्वास्थ्य रक्षा गर्ने र आतुर (बिरामी) वा रोग लागेको अवस्थामा विभिन्न आयुर्वेद औषधी, पञ्चकर्म, योगको माध्यमबाट रोगको निवारण गर्ने नै आयुर्वेदको मुख्य प्रयोजन हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.