काठमाडौं ।
चाडपर्वलाई लक्षित गरी नयाँ नोट साट्न आज (शुक्रबार)बाट सुरू भएको छ।
नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्ने व्यवस्था गरेको हो।
शुक्रबारदेखि सुरु भएको नयाँ नोट उपलब्ध गराउने कार्यक्रम १७ गतेसम्म जारी रहने राष्ट्र बैंक जनाएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना नै जारी गरेर सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्ने जानाकारी गराएको हो।
सर्बसाधारणले आफूलाई पाएक पर्ने राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकका सबै शाखाबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.