www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा नेकपाले बागी उम्मेदवारलाई हेलीकोप्टर चढाएर ल्यायो निर्वाचन कार्यालय

पोखरा।

आगामी मंसिर १४ गते बाग्लुङ २ ख मा पनि उपनिर्वाचन हुँदैछ ।

यो क्षेत्र बागी उमेद्वारको कारणले पनि चर्चामा छ । बाग्लुङमा नेकपाले राष्ट्रिय जनमोर्चालाई साथ दिएको छ । तर, नेकपा बाग्लुङका नेता रहेका शेरमान घर्तीले भने बागी उमेद्वारी दर्ता गरे । नेकपाकै स्थानीय नेताहरु दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिक समर्थक बसेपछि उनी बागी उम्मेदवार बनेका थिए ।

त्यसपछि उनी नेकपाको टाउको दुखाइको विषय बनेका थिए । उनलाई नेकपाले प्रभूको हेलिकप्टर चढाएर सदरमुकाम ल्याएको छ । उनलाई बाग्लुङको बूर्तिबाङको होटल दरबारबाट हेलीकोप्टरमा राखेर मुख्यनिर्वाचन अधिकृतको कार्यालय ल्याएपनि उनले उम्मेदवारी फिर्ता गरेनन् । आज दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ताको समय थियो ।

नेकपाले उमेद्वार नउठाई राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएपछि उनले बागी उम्मेदवारी दिएका थिए । शेरमान घर्ती तत्कालीन माओवादीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा पराजीत उम्मेदवार समेत हुन ।

नेकपा बाग्लुङका अध्यक्ष इनद्रलाल सापकोटाले शेरमानलाई हेलीकोप्टरमा राखेर ल्याएर पुष्टि गरे । ‘उहाँलाई हेलीमा राखेर मुख्य निर्बाचन अधिकृतको कार्यालय पुर्याएपनि समय घर्की सकेकोले फिर्ता लिन मिलेन,’ उनले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.