पोखरा।
को-अपरेटिभ मेनेजर्स क्लब कास्कीमा नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार सम्पन्न दोस्रो साधारण सभाले गौरीशंकर साकोसका डम्बर सिंह बस्नेतको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।
क्लबको उपाध्यक्षमा अपिल कोइराला (संगम साकोस) सचिवमा बोधराज रेग्मी (दर्पण साकोस), सहसचिवमा मोहन प्रसाद अधिकारी (पृथ्वी बहुउद्देश्यीय) र कोषाध्यक्षमा हरि प्रसाद पन्थी (पिपुल्स साकोस) चयन भए ।
यस्तै सदस्यमा किरण अधिकारी (मित्र मिलन कृषि), सन्तोष त्रिपाठी (नयन साकोस), निरु थापा (प्राइम वहुउद्देश्यीय), सन्तोष रानाभाट (शुभ सौगात साकोस), गोविन्द लामिछाने (लेखनाथ साकोस), सीता दाहाल (राष्ट्रिय बहुउद्देश्यीय) चयन भएका छन् ।
निर्वाचन मण्डलको संयोजकमा कमलमोहन आचार्य रहेका थिए भने सदस्यमा सन्तोष घिमिरे र जगन्नाथ लामिछाने रहेका थिए । सो अवसरमा घिमिरेले क्लबलाई १५ हजार रुपैयाँ सहयोग गरे ।
क्लबले भीम बहादुर गुरुङ र भोजराज घिमिरेलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकाल लगायतले बोलेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.