पोखरा,
ताण्डव न्यूज ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय कास्की क्षेत्र नम्बर २ (१) गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश सदस्य कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच प्रविधियुक्त तरिकाले स्विच थिचेर कार्यालयको उद्घाटन गरे ।कार्यक्रममा भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा क्षेत्र नम्बर २ ख की मिना गुरुङ, जिल्ला समन्वयका सभापति बैन बहादुर क्षेत्री, पोखरा महानगर पालिकाका मेयर मान बहादुर जि.सीको उपस्थिती रहेको थियो ।
यस्तै पोखरा महानगर कमिटीका अध्यक्ष दिपक पौडेल, नेकपा जिल्ला कमिटी सदस्यहरु महानगर सचिव विश्व लामिछाने,नेकपा वडा कमिटीका अध्यक्षहरु, निर्वाचित वडा अध्यक्षहरु , जनप्रतिनिधीहरु, नेकपाका सबै तहका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु , प्याब्सन कास्कीकी पूर्वअध्यक्ष चिनु रानाभाट सहभागी रहेका थिए ।
कार्यक्रममा जिल्ला समन्वयका सभापति बैन बहादुर क्षेत्रीले स्वागत मन्त्व्य राखेका थिए भने महानगर प्रमुख मान बहादुर जिसीले शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि मन्त्री बस्नेतले यस निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालयबाट भरपुर लाभ लिन स्थानीय जनतालाई आग्रह गरे । यस कार्यालयबाट विकासका लागि ल्याउने योजनामा आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
यस्तै वडा नम्बर ७, १५, १५, २१ र ३३ का वडाबासीका समस्यालाई समयमै समाधान गर्ने र विकासका कामहरु चुस्तदुरुस्त बनाउन आफुले लागी पर्ने प्रतिबद्धता व्यक्त गरे । यो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश कै पहिलो कार्यालयको रुपमा स्थापना भएको सांसद कृष्ण थापाका स्वकिय सचिव महेन्द्र पौडेल उपाध्यायले जानकारी दिए।
यसैबीच कार्यक्रममा महान पर्व दिपावली, नेपाल संवत्, भिन्तुना, छठ लगायत सबै पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो । सबैले सबैमा सकारात्मक सोच विकासको कामना व्यक्त गरिएको थियो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.