www.tandavnews.com
Fact ~ In search of truth

प्रस्तावक र समर्थक नपाएपछि फर्किए जनकपुरका शाह

पोखरा,
ताण्डव न्यूज।

कास्की २ को प्रतिनिधी सभाको लागि धमाधम उम्मेदवार मनोनयन भइरहेको बेला एक जना उम्मेदवारका आकाक्षी भने समर्थक र प्रस्तावक नपाएर त्यसै फर्किएका छन् ।

जनकपुरदेखि आएका जनकपुर १४ का डाक्टर .कृष्णचन्द्र प्रसाद शाहले चुनावमा उठ्नको लागि समर्थक र प्रस्तावक नपाएपछि मनोनयन नगरी त्यसै फर्किएका हुन् ।

Batas

उनले समर्थक र प्रस्तावक नपाएपछि आफू चुनाव नलड्ने घोषणा पनि गरे । ‘नभेटेको पनि हैन भेटेकोहरु केही सर्तसहित आउनु भयो,’ उनले भने, ‘म त स्वतन्त्र मान्छे सर्त स्वीकार्ने कुरै भएन । उम्मेदवारी दिन भनेर आएको भएन, अब जनकपुर नै फर्कन्छु ।’

निर्वाचन आयोगमा उल्लेख भएको ऐन अनुसार बाहिरी जिल्लाको मान्छे उम्मेदवार बन्न पाउने भएपनि समर्थक र प्रस्तावक भने स्थानीय नै चाहिन्छ । उम्मेदवार बेजिल्ला भएता पनि प्रस्तावक र समर्थक भने स्थानीय नै चाहिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.