www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस देखेर टिठ लाग्या छ : प्रचण्ड

सुशान्त गाहा मगर,

ताण्डव न्यूज/ पोखरा ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कांग्रेसका कास्कीका उमेद्वार खेमराज पौडेललाई देवघाट तिर जानेबेलामा कांग्रेसले चुनावमा उठाएको आरोप लगाएका छन् ।

Batas

बुधबार नेकपा कास्कीले गरेको चुनावी सभालाई सम्बोधन गर्न हेलीकोप्टर मार्फत पोखरा आइपुगेका प्रचण्डले यस्तो बताएका हुन ।

‘हाम्रो प्रधानमन्त्रीलाई कहिले काहीँ विदा दिनुपर्छ भनेकाहरुले विचरा ७७ वर्षको बुढालाई अघि सारेका छन्,’ उनले भने, ‘जो अब देवघाट तिर जानुपर्ने बेलाका छन । त्यहाँ गएर ध्यान र ज्ञान सिक्न पर्ने मान्छेलाई आफु अघि सार्ने, अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ?’

प्रचण्डले केहि दिन अघि कास्कीमै आएर कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको भनाईलाई खण्डन गरे ।

‘प्रधानमन्त्री ज्यूले डाकेको बैठकमा म प्रधानमन्त्री ज्यूको देब्रेपट्टि छु, शेरबहादुरजी दाहिने पट्टी हुनुहुन्थ्यो । मैले उहाँले भनेको राम्रोसँग सुनेको छु । उहाँले प्रधानमन्त्रीलाई यो बैठक डाकेकोमा ठिक छ, धन्यावाद । तपाइँले लिएको राष्ट्रियताको अडानको निम्ती पनि हाम्रो पुरै सहयोग छ भनेको पनि मेरो कानमा टिनिनन बजिरहेको छ,’ उनले भने, ‘त्यस्तो मान्छेले पोखरामा आएर सल्लाहले नक्सा छापेको हो भने भन्दा लाजमर्दाे कुरा के हुन सक्छ ?’

उनले कांग्रेसलाई आत्म समिक्षा गर्न सुझाब दिए । उनले कांग्रेस पनि संविधान निर्माणको सहयोगी सहयात्री भएकोले झुट बोलेको आफुलाई मन नपर्नै बताए । ‘तपाइँहरु साह्रै तल खसेको पनि मलाई त्यति मन पर्दैन । साह्रै तल खसेर झुट बोलेको देख्दा टिठ लाग्छ,’ उनले भने, ‘मैले १२ बुँदे समझदारी, शान्ति सम्झौता गर्दा नेपाली कांग्रेसका गिरीजाप्रसाद कोईरालासँग हस्ताक्षर गरेको छु । त्यहि गिरीजाप्रसाद कोइरालाको पार्टी यति झुटो बोल्ने, यति बेइमानी पूर्ण कुरा गरेको देख्दा मलाई कता कता चिन्ता पनि लागेको छ ।’

उनले कांग्रेसलाई झुटो बोल्न, बेइमानी गर्न छोड्न आग्रह गरे संघीय लोकतान्त्रीक गणतन्त्रको मर्मलाई कांग्रेसले विर्सेको प्रचण्डको आरोप छ । ‘होइन भने तपाइँहरु जसरी ओरालो लाग्नु भएको छ त्यसरी नै नेपालको इतिहासको किम्बदन्तीमा नेपाली कांग्रेस भन्ने थियो भन्ने अबस्थामा पुग्न कत्ति बेर छैन । म त्यस्तो नहोस भन्न चाहन्छु,’ प्रचण्डले भने, ‘प्रतिपक्षी पनि राम्रै ठाउँमा रहोस भन्ने चाहन्छु । तर, यो बुद्धिले त उहाँहरु प्रतिपक्षमा रहने छाँट देखिएन ।’ उनले प्रधानमन्त्रीसँगको बैठकमा शेरबहादुर देउवाले भनेको कुरा आफुले राम्रोसँग सुनेको बताए । ‘आज दिउँसै रात पार्ने ? यो हुन सक्दैन । मलाई कांग्रेस देखेर दया लागेको छ,’ उनले भने, ‘गिरीजाबाबुले नेपाल अब तपाइँलाई बुझाएर जाँदैछु भनेको कुरा पनि मैले झलझली सम्झको छु । अहिले देउवाजी उट्पट्याङ कुरा गरेर नेपाली जनतालाई उल्लु बनाउन खोजेको देख्दा टिठ लाग्या छ ।’

नेकपाको उमेद्वार विद्या भट्टराई जस्तो प्राज्ञीक क्षेत्रको मान्छे पाउँदा यहाँको जनता सौभाग्यशाली रहेको प्रचण्डको दाबी छ । ‘कसैको श्रीमती हुँदैमा नेकपाले उहाँलाई चुनावमा उठाएको हैन । देशभक्त, परिवर्तन र पद्धतिको निम्ती जीवनभर संघर्ष गरेको महिला चुनावमा उठाएका हौँ,’ उनले भने, ‘ नेकपाले राष्ट्रपति, प्रधानन्यायधिश, समामुख महिलालाई बनाएको छ ।’

उनले यो देशमा दलित प्रधानमन्त्री, जनजाती प्रधानमन्त्री नेकपाकै प्रस्तावमा बन्ने दाबी गरे । त्यस्तै उनले पहिलोचोटी देशमा राष्ट्रियताको विषयमा एकमत भएको पनि बताए । ‘यहि बेला हो कालापानीबाट सेना फिर्ता गर्ने, हाम्रो गुमेको भूभाग ल्याउने,’ उनले भने । नेकपा राष्ट्रिय एकतालाई मजबुत गर्न लागि रहेको पनि बताए । त्यस्तै उनले कास्की २ बाट विद्या भट्टराईलाई विगतको चुनावमा भन्दा धेरै मतान्तरले विजयी गराउन मतदातालाई आह्वान पनि गरे । त्यस्तै उनले नेकपालाई गाली गरेर गएकोमा देउवालाई धन्यावाद दिए । उनले देउवाले गाली गर्दा विद्यालाई जित्न बल पुग्ने दाबी गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.