www.tandavnews.com
Fact ~ In search of truth

पोखरा मतदानस्थलमा खटिदैछन चार सय १० कर्मचारी

पोखरा ।

कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ४१० सरकारी कर्मचारी मतदातस्थलतिर लागेका छन् ।

उपनिर्वाचनका लागि ८२ मतदान केन्द्र र ३२ मतदानस्थलमा ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी र ३२८ स्वयमंसेवक मतदान क्षेत्रमा खटिने जिल्ला निर्वाचन कार्ययलका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।

मतदानका लागि निर्वाचन अधिकृतले ५६ प्रकारका निर्वाचन सामग्री बुझेर सम्बन्धित क्षेत्रमा जाने क्रम जारी रहेको रेग्मीले बताए । पोखरा महानगरपालिकाका विभिन्न ११ वडाका ७१ हजार १७१ मतदाताले प्रतिनिधिसभा सदस्यका लागि मत हाल्दैछन् ।

उक्त क्षेत्रमा १० स्वतन्त्रसहित २१ उम्मेदवारले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले यही मंसिर १४ गते बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदानको समय तोकेको छ ।त्यसैगरी सुरक्षा चुनौतीलाई ध्यान दिँदै एकृकीत सुरक्षा समितिमार्फत भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

निर्वाचनलाई सामान्य, संवेदनशील, अतिसंवेदशील गरी तीन तहमा विभाजित गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको केसीले बताए। सम्पूर्ण सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका र सबै सुरक्षा प्रबन्ध मिलाइएको उनले जानकारी दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.