पोखरा ।
पोखरामा लायन्स म्युजिकल नाइट हुने भएको छ । लायन्स क्लब अफ पोखरा पिस सेन्ट्रल सिटी र लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीको संयुक्त आयोजनामा पोखरा सभागृहमा लायन्स म्युजिकल नाइट हुने भएको हो।
लायन्स नाइट पौष ५ गते शनिबार दिउँसो ३ बजेदेखि सभागृहलमा हुने आयोजक क्लबले जनाएको छ । क्लबले ब्लड क्यान्सर पीडित सत्यराज सापकोटालाई आर्थिक सहयोग गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ ।
कार्यक्रमबाट उठेको रकम कास्की मादी गाउँपालिका ४ का स्थानीय क्यान्सर पीडित ५० वर्षीया सत्यराज सापकोटाको उपचारमा सहयोग गर्ने र माछापुच्छ्रे गाउँपालिका २ खादरजुङमा रहेको श्री बाराही आधारभुत विद्यालयमा रहेका ५१ जना विद्यार्थीहरुलाई आवश्यक सहयोग गरिने कार्यक्रमका संयोजक महेन्द्र उापध्यायले बताए ।
कार्यक्रममा नेपालका चर्चित आधुनिक गायक प्रमोद खरेल , लोक दोहोरीका बादशाह पशुपती शर्मा तथा लोक दोहोरी चर्चित गायिका सम्झना भण्डारी , आधुनिक पप गायक तथा नेपाल आइडलका फस्ट रनर अप बिक्रम बराल , भोजपुरी फिल्मकी चर्चित मोडल तथा नायिका मेनुका माझी र स्ट्यान अफ कमेडियन डोरेस खतिवडा र अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
लायन्स क्लब अफ पोखरा पिस सेन्ट्रल सिटीका अध्यक्ष बिक्रम गुरुङले कार्यक्रमबाट उठेको रकम दुरुपयोग नगरी समाजसेवामा खर्च गरिने बताए । गुरुङले क्यान्सर पीडित सापकोटालाई जति सक्दो सहयोग गर्न आम सर्वसाधारण, संघसंस्था , क्लव आदिलाई आ –आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीका अध्यक्ष चेतन कार्कीले लायन्स समाजमा रहेका दुखी पीडित असाहयहरुको सेवामा सारथी रहने प्रतिवद्धता व्यक्त गरेब्लड क्यान्सर पीडित सापकोटा हाल भारत स्थित दिल्ली अस्पतालमा उपचारर्थ छन् । कार्यक्रमको सञ्चालन प्राइम टेलिभिजनका चर्चित भिजे सचित खड्काले गर्ने जनाइएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.