www.tandavnews.com
Fact ~ In search of truth

विद्युतीय धरापमा पर्दा गैँडाको मृत्यु

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैँडा आज बिहान मृतावस्थामा भेटिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी छ वर्षको पोथी गैँडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका १० चिलाहामा मृत फेला परेको हो ।

अन्नबाली खान आएको गैँडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए । निकुञ्जले चालु आर्थिक वर्षमा छ गैंँडा कालगति र विभिन्न कारणले मरेको जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.